Hatne hoina dati ladne / हट्ने होइन डटि लड्ने [Original] | Nepali Song


Song Lyrics:

[Submit corrections:]
हट्ने होइन डटि लड्ने नेपालीको बानी हुन्छ 
कहिले नझुक्ने शिर उभेको स्वभिमानी नेपाली हुन्छ 

विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज 
( त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ ) x2 ...

श्रीपेचको नवै रङ्ग डाफे चरीले बोकेर उड्छ 
एकता अनि वीरको गाथा सारंगीले गाउदै हिड्छ 

खुकुरीको डोब भित्र वीरहरुको पाईला हुन्छ 
पर्वत राजा हिमाल मुनि गुँरास त फुलेको हुन्छ 

गुँरासको रंग हेर त्यो पनि त रातो हुन्छ 
हाम्रो मुटुको रगत हेर त्यो पनि त रातै हुन्छ 

रातो रंग सिम्रिकको रंग चन्द्र सूर्य झण्डाको रंग 
त्यो पनि त रातै हुन्छ 

त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ
त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ 

हाम्रो मादल शान्तिको लागि मरुभूमिमा परेड खेल्छ 
स्वयम्भूको दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छ 

बाँच र बचाउ भन्ने छाती भित्र कुदिएको हुन्छ 
ठेला उठेको हातमा हेर पसिना त बगेको हुन्छ
पसिनाको नदि हेर त्यो पनि त निलो हुन्छ 
हामी माथिको आकाश हेर त्यो पनि त निलै हुन्छ 

निलो रंग शान्तिको रंग, हाम्रो झण्डाको किनारको रंग 
त्यो पनि त निलै हुन्छ
त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ  
त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ 
  
See more
      
DOWNLOAD MP3/MP4:
/

Song Details:

Nepali Song: 
Hatne hoina dati ladne 
/ हट्ने होइन डटि लड्ने
- Original Version
      

Watch Music Video:

# Take a म्यूजिकल-ब्रेक !